कर्णाली प्रदेशका दुईजना मन्त्रीले आज राजीनामा दिएका छन्। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन्।
शुक्रबार बसेको माओवादी केन्द्रकाे संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाएकाे थियो।
मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी केन्द्र संसदीय दलका सचेतक कृष्णा शाह र प्रदेश सभा सदस्य रातो कामीलाई सिफारिस गरिएको छ। शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनीहरूलाई मुख्यमन्त्री शाहीले आजै मन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ।
दिएका छन्। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन्।
शुक्रबार बसेको माओवादी केन्द्रकाे संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाएकाे थियो।
मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी केन्द्र संसदीय दलका सचेतक कृष्णा शाह र प्रदेश सभा सदस्य रातो कामीलाई सिफारिस गरिएको छ।
शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनीहरूलाई मुख्यमन्त्री शाहीले आजै मन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ।