एमालेका मन्त्रीले बुझाए राजीनामा

हिमशिखर संवाददाता २० असार २०८१, बिहीबार ०७:००

नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका छन्।

बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन्।

कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन्।

Next Post

रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

२० असार २०८१, बिहीबार ०७:००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले राजीनामा दिँदैछन्। सरकार ढल्ने निश्चित भएपछि उनीहरुले आज (बिहीबार) बिहान सामूहिक राजीनामा दिन लागेका हुन्। रास्वपा प्रमुख सचेतक सन्ताेष परियारले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बिहान ८ बजे राजीनामा बुझाउने बताएका छन्। नेपाली काँग्रेस र एमालेबीच नयाँ सरकार निर्माणका लागि सत्ता समीकरण भएकाे छ। साेहीअनुसार […]