जुम्लाका आठ पालिकामध्य बेरुजु कम हुनेमा पहिलो तातोपानी,दोस्रो हिमा

के .बि अछुत १५ जेष्ठ २०८१, मंगलवार १४:३५

 

जुम्ला । जुम्लाका आठ स्थानीयतह मध्य तातोपानी गाउँपालिका र हिमा गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परिक्षकको कार्यालयले आईतबार सार्वजानिक गरेको ६१ औँ प्रतिवेदननुसार जुम्लाका आठ पालिकामध्य सबैभन्दा कम बेरुजु हुनेमा तातोपानी पहिलो र हिमा दोस्रो देखिएको हो ।

भने,सबैभन्दा बढी बेरुजु चन्दननाथ नगरपालिकाको  देखिएको छ ।

प्रतिवेदन अनुसार सबैभन्दा कम तातोपानीको बेरुजु १.३४ प्रतिशत मात्रै रहँदा चन्दननाथको सबैभन्दा बढी ७.०२ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै बेरुजु कम हुने दोस्रो स्थानमा हिमा गाउँपालिका परेको छ ।

हिमाको बेरुजु २.७१ प्रतिशत रहेको छ । साथै गुठिचौर गाउँपालिका सबैभन्दा बढी बेरुजु रहेको दोस्रो पालिकामा देखिएको छ । गुठिचौरको बेरुजु ६.९२ प्रतिशत रहेको प्रतिबेदनले देखाएको छ ।
कनकासुन्दरी गाउँपालिकाको ५.५१ प्रतिशत,तिला गाउँपालिकाको ३.१० प्रतिशत,पातारासी गाउँपालिकाको ४.१३ प्रतिशत र सिंजा गाउँपालिकाको ६.३० प्रतिशत बेरुजु रहेको छ ।   महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ ।

विगतको तुलनामा पालिकहरुमा आर्थिक सुशासन बलियो बनेको देखिन्छ । स्थानीय सरकारको सुरुवातीमा करोडौमा देखिने बेरुजु अहिले हजार र लाखमा झरेको छ । आर्थिक सुशासनमा जोड दिएको खण्डमा आगामी दिनमा बेरुजु शुन्यमा झर्ने देखिन्छ ।

 

 

Next Post

यार्चा संकलन गर्न डाेल्पा गएकी युवतीको मृत्यु।

१५ जेष्ठ २०८१, मंगलवार १४:३५
यार्चागुम्बु संकलनका लागि डोल्पा पुगेकी रुकुम पश्चिमकी एक युवतीको मृत्यु भएको छ। रुकुमको आठबिसकोट नगरपालिका-४ गोतामकोट विष्ट गाउँकी २२ वर्षीया जमुना विष्टको लेक लागेर बिरामी भएपछि ज्यान गएको हो। सोमबार डोल्पाको काइके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला उनको मृत्यु भएको वडा अध्यक्ष नरसिंह विष्टले जानकारी दिए। उनका अनुसार यार्चागुम्बु […]