२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक

के .बि अछुत १३ असार २०८१, बिहीबार ०९:४१

जुम्ला । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात्  २ लाख ४२ हजार ९२  जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन्। अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ।

उनका अनुसार केही समयपछि परीक्षार्थीहरूले नतिजा हेर्न सक्ने छन्। परीक्षा बाेर्डले हिजाे नै नतिजा  सार्वजनिक गर्ने तयारी गरेकाे थियाे। बाेर्ड बैठक पनि बस्याे। तर,आन्तरिक तयारी नसकिएपछि नतिजा सार्वजनिक हुन सकेकाे थिएन।

गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।

बोर्डले एसइई नतिजा कसरी र कहाँबाट हेर्ने भनी सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिइसकेको छ। एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ। नेपाल टेलिकमले पनि नतिजा हेर्नका लागि सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिएको छ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ। एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिन्छ ।

Next Post

पत्रकार महासंघको अध्यक्षमा चौतारी-सेन्टरकाे उम्मेदवार निर्मला शर्मा

१३ असार २०८१, बिहीबार ०९:४१
नेपाल पत्रकार महासंघको २२ असारमा हुने निर्वाचनमा सत्तारुढ वामपन्थी दलका भ्रातृ संगठनहरूले गठबन्धन बनाएर चुनाव लड्ने भएका छन् । महासंघ नेतृत्वका लागि एमालेनिकट प्रेस चौतारी नेपाल, माओवादी केन्द्रनिकट प्रेस सेन्टर र एकीकृत समाजवादीको प्रेस संगठन नेपालले महासंघको केन्द्रीय कमिटीका पद बाँडफाँट गरिसकेका छन् । प्रेस चौतारीले अध्यक्ष, दुई उपाध्यक्ष, दुई सचिव […]

सम्बन्धित समाचार