पत्रकार महासंघको अध्यक्षमा चौतारी-सेन्टरकाे उम्मेदवार निर्मला शर्मा

के .बि अछुत १३ असार २०८१, बिहीबार १०:३५

नेपाल पत्रकार महासंघको २२ असारमा हुने निर्वाचनमा सत्तारुढ वामपन्थी दलका भ्रातृ संगठनहरूले गठबन्धन बनाएर चुनाव लड्ने भएका छन् ।

महासंघ नेतृत्वका लागि एमालेनिकट प्रेस चौतारी नेपाल, माओवादी केन्द्रनिकट प्रेस सेन्टर र एकीकृत समाजवादीको प्रेस संगठन नेपालले महासंघको केन्द्रीय कमिटीका पद बाँडफाँट गरिसकेका छन् । प्रेस चौतारीले अध्यक्ष, दुई उपाध्यक्ष, दुई सचिव र कोषाध्यक्ष पाउने सहमति भएको छ । त्यस्तै, प्रेस सेन्टरले वरिष्ठ उपाध्यक्ष, महासचिव, दुई सचिव र लेखा समिति संयोजक लिनेछ भने प्रेस संगठन नेपालले दुई सचिव र सदस्यहरू पाउनेछ ।

गठबन्धनबाट प्रेस चौतारीकी निर्मला शर्मा महासंघको अध्यक्षमा उठ्ने भएकी छिन् । एमाले अध्यक्ष केपी ओलीको समेत उपस्थितिको बैठकपछि प्रेस चौतारीले शर्माको उम्मेदवारी टुंग्याइसकेको छ । कोषाध्यक्षसहित केही पदका उम्मेदवार टुंग्याउन बाँकी रहेको चौतारीले जनाएको छ ।

प्रेस सेन्टरबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरीले नेतृत्व गर्ने तयारी छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उम्मेदवार चयनका लागि सेन्टरनिकट नेताहरूको बैठक बसेको थियो । सो बैठकमा पुरीलाई महासचिवमै दोहोरिन आग्रहसमेत गरिएको थियो । ‘गठबन्धनमा पदहरू बाँडफाँट भइसकेको छ, उम्मेदवार छान्ने गृहकार्य भइरहेको छ,’ सेन्टरनिकट स्रोतले भन्यो ।

उम्मेदवार टुंग्याएर बिहीबार सार्वजनिक गर्ने तयारी गरिएको गठबन्धन संगठनहरूले बताएका छन् ।

सिलापत्र बाट साभार

 

Next Post

समयमै दमकल नगएको भन्दै चन्दननाथ नगरपालिका तोडफोड

१३ असार २०८१, बिहीबार १०:३५
जुम्ला : आगलागी भएको ठाउमा दमकल नगएको भन्दै नगरपालिका तोडफोड गरेका छन । जिल्ला प्र्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका ६मा रहेको ग्यारेजमा अन्दाजी साढे नौ बजे तिरको समयमा आग्लागी भएको थियो । चन्दननाथ नगरपालिका ६कै पदमा आचार्य अधिकारीको ग्यारेजमा अचानक आगलागी भएको थियो । उनीहरुले आगलागी नियन्त्रण गर्नका लागी […]