मुगुमा फेलापर्याे मृत्तअवस्थामा युवतीको लास

हिमशिखर संवाददाता २५ कार्तिक २०७८, बिहीबार ०७:५०

मुगुमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । खत्याड गाउँपालिका– ६ रास्कोटी बाडाका बाँचे शाहीकी छोरी अन्दाजी १८ वर्षीया मण्डला शाही मृत अवस्थामा फेला परेकी हुन् ।

घरभन्दा करिव ५ सय मिटर पर रूखमा झुण्डिएको अवस्था मण्डला फेला परेको मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए । घरबाट हराएको जानकारी परिवारले दिएपछि माँझचौरबाट खटिएको प्रहरी टोलीले खोजखबर गर्दा मंगलबार उनी मृत अवस्था फेला परेकी थिइन् ।
थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट केही सुरक्षाकर्मी पठाइएकोछ ।

Next Post

जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता गुठीचौर गाउँपालिकाको झारज्वालामा सुरू

२५ कार्तिक २०७८, बिहीबार ०७:५०
ख्यमन्त्री कपको लागि जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता गुठीचौर गाउँपालिकाको झारज्वालामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पछि पहिलो खेल पातारासि गाउँपालिका र तातोपानी गाउँपालिका बिच भएको थियो । तातोपानी गाउँपालिकाको टीमलाई सोझो तिन सेटले पराजित गर्दै पातारासि गाउँपालिकाको टीम विजयी भएको छ । यस्तै दोस्रो खेल हिमा गाउँपालिका र […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।