ब्राजिलमा बाढीको कारण १२६ को मृत्यु, ९ हजार विस्थापित

हिमशिखर संवाददाता २० जेष्ठ २०७९, शुक्रबार १४:२८

ब्राजिलमा गत हप्तादेखि निरन्तर वर्षा र बाढीको कारण मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन्।

यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ। गत सातादेखि परेको भीषण वर्षाका कारण उक्त स्थानम कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका सञ्चार माध्यममा उल्लेख छ। ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पुर्‍याएको छ। यहाँका सयौँ घर भासिएका छन्। उक्त राज्यको राजधानी रेसिफेमा धेरैको जनाको मृत्यु भएको छ।

Next Post

घट्यो सार्वजनिक यातायातको भाडा

२० जेष्ठ २०७९, शुक्रबार १४:२८
सार्वजनिक यातायातको भाडा घटेको छ । डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि गाडी भाडा पनि घटेको हो । यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन गरेर भाडा सूची सार्वजनिक गरेको छ । नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो । विभागका अनुसार यात्रुवाहक […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।