गृहमन्त्री थापासहित सात गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा खारेज

हिमशिखर संवाददाता ६ जेष्ठ २०७८, बिहीबार १६:१९

गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको हो ।

रामबहादुर थापा,लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी मणिचन्द्र थापा, दावा लामा तामाङ, र टोपबहादुर रायमाझीको पद खारेज भएको हो।

‘संविधानको धारा ७८ बमोजिम नियुक्त मन्त्रीले सपथ खाएको ६ महिना भित्र संघीय संसदको सदस्यता लिनु पर्ने अवस्था देखिंदा निज प्रत्यर्थीहरुलाई पुनः दोस्रो पटक नियुक्ती गरिएको कार्य Prima facic रुपमा नै संविधानको धारा ७८ को उपधारा १,२,३ को व्यवस्था, संविधानको मूल मर्म र भावनाको विपरीत भएको देखिदा यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यसरी प्रत्यर्थीहरुलाई मन्त्री बनाउन सिफारिस गरी नियुक्ती गरिएको र सपथग्रहण लगायतका कार्यहरु संविधान अनुकुल नरहेकोले मन्त्रीको हैसीयतमा कुनै पनि काम कारवाही नगर्नु, गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’आदेशमा भनिएको छ।

Next Post

मतगणना स्थलबाटै काठमाडौं लागे बादल

६ जेष्ठ २०७८, बिहीबार १६:१९
वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतगणना स्थल छाडेर नेकपा (एमाले)का उम्मेद्वार निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाहिरिएका छन्। उनी हैटौंडाबाट काठमाडौं हिडेको एमाले स्रोतले जनाएको छ। निर्वाचन परिणाम उनको पक्षमा हुने सम्भावनामा आशंका व्यक्त भइरहँदा उनी मतगणना स्थल हेटौंडाको भुटन मा.वि बाट गाडी चढेर बाहिर निस्केका थिए। […]

सम्बन्धित समाचार