जुम्लाकाे गुठिचौरमा दोस्रो आकासे पर्व प्याराग्लाइडिङ महोत्सव सुरु हुँदै

महेश चाैलागाँई ५ आश्विन २०८२, आईतवार ११:५८

जुम्लाको गुठिचौर गाउँपालिकामा दोस्रो आकासे पर्व प्याराग्लाइडिङ महोत्सव आइतबारदेखि सुरु हुँदैछ। गाउँपालिकाको पहलमा आयोजना हुने यो महोत्सवले जुम्लालाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने लक्ष्य राखिएको छ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाका अनुसार महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई साहसिक पर्यटन प्रवर्द्धनको ऐतिहासिक अवसर हो। उनका शब्दमा, “यो महोत्सव गुठिचौरलाई साहसिक पर्यटनको नक्सामा राख्ने अवसर हो। आकाशबाट उड्दा स्याउबगान, हरियाली वन, हिमशृङ्खला र गाउँघरको मनमोहक दृश्य एकैसाथ देख्न सकिन्छ, जसले पर्यटकलाई जीवनभरको सम्झना दिनेछ।”

महोत्सवमा सहभागी पर्यटकले २० देखि ३० मिनेटसम्म प्रशिक्षित पाइलटसहित सुरक्षित उडान भरिनेछ। सेवाशुल्क स्थानीयका लागि ३५ सय रुपैयाँ र बाहिरी पर्यटकका लागि ४५ सय रुपैयाँ तोकिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल ‘भण्डारी’ले प्याराग्लाइडिङ अनुभवलाई जीवनभर सम्झनामा रहने क्षणका रूपमा व्याख्या गरिन्। उनले भनिन्, “यो केवल आकाशमा उड्ने कुरा होइन, कर्णालीका पहाड, वन र हिमाललाई आकाशबाट नियाल्दा त्यो क्षण शब्दभन्दा परको रोमाञ्च हुनेछ।”

प्रमुख प्रशासकीय अधिकृत मायाँ लक्ष्मी बुढाले गुठिचौरलाई कृषिमा मात्र सीमित नराखी पर्यटनमैत्री गन्तव्यका रूपमा अघि बढाउने तयारी भएको बताइन्। उनका अनुसार, “यो महोत्सव गुठिचौर मात्र नभई सम्पूर्ण जुम्लाको पहिचान बदल्ने सम्भावना बोकेको छ। स्याउको रस, हिमालको दृश्य र आकाशको छातीमा उड्ने साहसिकता, यी सबै अब जुम्लामा एकैसाथ पाउन सकिन्छ।”

महोत्सवका तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। आवश्यक पूर्वाधार निर्माण, सुरक्षा व्यवस्था र पाइलट व्यवस्थापन पूरा भइसकेको छ। सुरक्षाका लागि स्वास्थ्यकर्मी र आवश्यक उपकरण समेत तयारी अवस्थामा राखिएको गाउँपालिकाले जानकारी दिएको छ।

स्थानीयको अपेक्षाअनुसार महोत्सवले रोजगारीको अवसर सिर्जना गर्नेछ। होटल, रेष्टुराँ, यातायात, गाइड सेवा लगायतका क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने र स्थानीय उत्पादनलाई बजारमा पुर्‍याउने अवसर पनि बढ्ने विश्वास गरिएको छ।

अघिल्लो वर्ष पनि महोत्सव आयोजना भएको र यसलाई वार्षिक पर्वका रूपमा संस्थागत गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बुढाले बताए। उनका अनुसार, निरन्तर पर्यटक भित्र्याएर गाउँपालिकाको आर्थिक आधार मजबुत बनाउन र भविष्यमा अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिइएको छ।

Next Post

जुम्लामा गाडीले ठक्कर, बालक गम्भीर घाइते

५ आश्विन २०८२, आईतवार ११:५८
जुम्ला जुम्ला सदरमुकामबाट गुठिचौर गाउँपालिका–३ गज्याङकोटतर्फ जाँदै गरेको गाडीले वर्ष ६ का मुकेश बुढालाई ठक्कर दिएको छ। ठक्कर दिने चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीले जानकारी दिए। उनका अनुसार, घटना भएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र चालकको खोजी कार्य […]

सम्बन्धित समाचार