माधवकुमार नेपालको रिस शिथिल नभएसम्म पार्टी एकता हुदैन : एमाले उपाध्यक्ष गाैतम

हिमशिखर संवाददाता २१ असार २०७८, सोमबार ००:०१

काठमाडौं : नेकपा (एमाले) उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शिथिल नभएसम्म पार्टी एकता नहुने बताएका छन्।

आइतबार राष्ट्रियसभा बैठकबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै गौतमले यस्तो बताएका हुन्। अहिले केपी ओली र माधवकुमार नेपाल एकअर्कासँग बेस्सरी रिसाएको भन्दै उनले यस्तो बताएका हुन्।
ओली र नेपालको यो रिस उनीहरु मातहतमा रहेका नेताको चिन्ताले घटाउन नसक्ने उनको भनाइ छ। ओली र नेपाललाई मिलाउन दौडथुप गरिराखेका दुवै गुटका युवा नेतातर्फ लक्षित गर्दै गौतमले मातहतका नेताको चिन्ताले काम नगर्ने प्रष्ट पारे।

‘माधव कमरेड धेरै रिसाउनु भएको छ केपी ओलीसँग केपी ओली पनि माधव नेपालसँग बेस्सरी रिसाउनु भएको छ’, गौतमले भने, ‘दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको चिन्ताले पनि काम गर्दैन।’

गौतमले अहिले आफू दुवै नेताको रिसलाई कसरी शिथिल पार्न सकिन्छ भनेर लागेको बताए। ‘म दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो त्यतातिर लागिराखेको छु’, गौतमले थपे।

Next Post

म्यानमारमा सेनासँगको झडपमा २५ विरोधी लडाकु र नागरिककाे मृत्युु

२१ असार २०७८, सोमबार ००:०१
नपिद्व: म्यानमारमा सेनासँगको झडपको क्रममा २५ जना जुन्ता विरोधी लडाकु र नागरिक मारिएका छन् सैन्य हस्तक्षेपको विरुद्ध जनताले समेत हतियार उठाउने क्रममा आइतबार यस्तो झडप भएको हो । गत फेब्रुअरीमा सेनाले आङ सान सू चीको दललाई अपधस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि भएका विभिन्न प्रदर्शन तथा झडपमा ८९० जना मारिएका […]