नपिद्व: म्यानमारमा सेनासँगको झडपको क्रममा २५ जना जुन्ता विरोधी लडाकु र नागरिक मारिएका छन्
सैन्य हस्तक्षेपको विरुद्ध जनताले समेत हतियार उठाउने क्रममा आइतबार यस्तो झडप भएको हो । गत फेब्रुअरीमा सेनाले आङ सान सू चीको दललाई अपधस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि भएका विभिन्न प्रदर्शन तथा झडपमा ८९० जना मारिएका छन् ।
पछिल्लो समय कतिपय स्थानमा राज्य प्रशासनसँग लड्न नागरिकहरुले नै ‘रक्षा समूह’ खडा गर्न थालेका छन् । र उनीहरुले राइफल तथा घरेलु हतियार समेत लिएर यस्ता संरचना खडा गरेका हुन् ।
मध्य सागाइङ क्षेत्र यस्तै रक्षा बलहरु र सेनाबीच धेरै झडप भइरहने क्षेत्रमध्ये एक हो । जहाँ आइतबार रक्षा बल र सेनाबीच झडप हुँदा २५ जना मारिएका छन्।