भारत र अमेरिकाले एउटा रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्बीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुने भएकोले यो सम्झौता निकै महत्वूर्ण रहेको बीबीसीले जनाएको छ ।
सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । ती सूचनाहरु मिसाइल, ड्रोन लगायतका आक्रमणका लागि उपयोगी हुने खबरमा उल्लेख छ । यि दुई देशको बीचमा आज नै भएको टु प्लस टु बैठकपछि सम्झौता भएको हो ।
लद्धाख घटनापछि भारत र चीन बीचमा तनाव बढिरहेको समयमा भएको भएको सम्झौताले धेरै महत्व राख्ने बीबीसीले जनाएको छ । टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो । बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री हिजो भारतको भ्रमणमा आएका थिए ।