मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण

हिमशिखर संवाददाता १२ कार्तिक २०७७, बुधबार १९:५९

काठमाडौं : नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई पनि कोरोना (कोभिड-१९) संक्रमण देखिएको छ। उनले बुधबार सामाजिक सञ्‍जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।

उनले आफ्नो पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए केही दिनयता प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।

पछिल्लो समय सरकारका मन्त्रीदेखि उच्च पदस्थ अधिकारीहरुलाई कोरोना संक्रमण देखिइरहेको छ। काठमाडौं उपत्यकाको समुदायस्तरमा तीव्र गतिमा कोरोना फैलिएसँगै उच्च पदस्थहरु पनि धमाधम संक्रमित भइरहेका छन्।

Next Post

जुम्लाकाे  तातोपानी गाउँपालिकाले सुरू गर्याे अस्थाई काेभिड अस्पताल

१२ कार्तिक २०७७, बुधबार १९:५९
जुम्ला: तातोपानी गाउँपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको छ ।ताताेपानी गाउँपालिका वडा नं ५ को ऐरेनीमा र कोभिड अस्पताल सुरु गरेको हो । अस्थाइ काेभिड अस्पलरतालमाा अहिले साधारणतया आइसोलेसनमा हेन बेड मात्र राखिएको छ । आवश्यकता अनुसार आइसियू, भेन्टिलेटरसहितका उपकरण लगायतका अन्य सुविधा थप्दै जाने योजना रहेको तातोपानी […]