जुम्लामा चरेससहित चार जना पक्राउ

हिमशिखर संवाददाता २९ जेष्ठ २०८३, शुक्रबार १७:४४

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध दुर्व्यसनीविरुद्धको विशेष अभियान अन्तर्गत शुक्रबार दिउँसो चन्दननाथ-५ स्थित धर्मशालाबाट चरेस सेवन गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरू:

  • तपेन्द्र विष्ट (१९ वर्ष) – चन्दननाथ-१०
  • पुष्कर बुढा (२० वर्ष) – चन्दननाथ-५
  • ओमकार गहतराज (२४ वर्ष) – चन्दननाथ-६
  • निरज लामा (२५ वर्ष) – चन्दननाथ-५

प्रहरी सहायक निरीक्षक लाल बहादुर रोकायाको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई ७२० मिलिग्राम चरेससहित रंगेहात नियन्त्रणमा लिएको हो। डिएसपी चिरञ्जीवी दाहालको नेतृत्वमा जिल्लामा लागुऔषधविरुद्ध कडा अभियान सञ्चालन भइरहेको छ।

Next Post

अमेरिका–इरान युद्ध अन्त्यतर्फ, २४ घण्टामा सम्झौता

२९ जेष्ठ २०८३, शुक्रबार १७:४४
अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता आगामी २४ घण्टाभित्र हुन सक्ने पाकिस्तानले जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले दुवै पक्षबीच अधिकांश विषयमा सहमति जुटिसकेको र अन्तिम सम्झौताका लागि तयारी भइरहेको बताएका छन्। सम्झौतापछि अर्को साता प्राविधिक तहमा थप वार्ता हुने जनाइएको छ। यदि सम्झौता सफल भएमा मध्यपूर्वमा […]