सत्तारुढ दल नेकपाले यस बर्ष चियापान कार्यक्रम नगर्ने

हिमशिखर संवाददाता ११ कार्तिक २०७७, मंगलवार १४:२१

काठमाडौं : सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी जानकारी दिएकाछन ।

विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

Next Post

पाकिस्तानको एक धार्मिक विद्यालयमा आक्रमण

११ कार्तिक २०७७, मंगलवार १४:२१
पाकिस्तानको पेसावरस्थित एक धार्मिक विद्यालयमा आक्रमण हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दे बिबिसी विश्वसेवाले जनाएअनुसार उक्त धार्मिक विद्यालयमा कक्षा सञ्चालन भइरहेका वेला धमाका हुँदा उक्त हताहती भएको हो । विभिन्न उमेर समूहका विद्यार्थीको उक्त धमाकामा परी मृत्यु भएको छ । एक दर्जनभन्दा बढी घाइते भएको बिबिसीले प्रत्यक्षदर्शीलाई उल्लेख […]