पाेखरामा दुर्घटनाग्रस्त विमानमा गायिका निरा छन्त्याल पनि परिन्

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार १४:४३

पाेखरामा दुर्घटनाग्रस्त यति एयरसाइन्सकाे विमानमा लाेकदाेहरी गायिका निरा छन्त्याल पनि सवार रहेकाे खुलेकाे छ।

बिहान साडे १० बजे काठमाडाैँबाट पाेखरा जाँदै गरेकाे विमानमार्फत गायिका छन्त्याल पाेखरा महाेत्सवका लागि जाँदै गरेकाे पारिवारिक स्राेतले पुष्टि गरेकाे छ।

गायिका छन्त्यालकाे अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएकाे छैन।

उनले काठमाडाैँबाट पाेखरा प्रस्थान गर्नुअघि सामाजिक सञ्जामलमार्फत माघे संक्रान्तीकाे शुभकामना दिएर तस्बिर सार्वजनिक गरेकी थिइन्।

बिहान साडे १० बजे भएकाे बिमान दुर्घटनाकाे अहिले उद्दार कार्य जारी छ।

Next Post

विमान दुर्घटना: शाेक मनाउन भाेलि सार्वजनिक बिदा

१ माघ २०७९, आईतवार १४:४३
सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेकाेे छ। आइतबार बिहान पाेखरामा भएकाे यति एयरलाइन्सकाे विमान दुर्घटनाप्रति शाेक मनाउन भाेलि (माघ २)गते सार्वजनिक बिदा दिने मन्त्री परिषद्काे बैठकले निर्णय गरेकाे अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिए। काठमाडाैँबाट पाेखरा उडेकाे यति एयरसाइन्सकाे ९एन– एनएसी जहाँ पाेखराकाे सेती खाेँचमा दुर्घटना भएकाे थियाे। त्यस्तै मन्त्री […]