विमान दुर्घटना: शाेक मनाउन भाेलि सार्वजनिक बिदा

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार १४:४९

सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेकाेे छ।

आइतबार बिहान पाेखरामा भएकाे यति एयरलाइन्सकाे विमान दुर्घटनाप्रति शाेक मनाउन भाेलि (माघ २)गते सार्वजनिक बिदा दिने मन्त्री परिषद्काे बैठकले निर्णय गरेकाे अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिए।

काठमाडाैँबाट पाेखरा उडेकाे यति एयरसाइन्सकाे ९एन– एनएसी जहाँ पाेखराकाे सेती खाेँचमा दुर्घटना भएकाे थियाे।

त्यस्तै मन्त्री परिषद् बैठकले विमान दुर्घटनाकाे छानबिन गर्न पाँच सदस्यीय छानविन टाेली बनाउने निर्णय गरेकाे छ।

Next Post

विमान दुर्घटना अपडेट: दुई जनाकाे जीवितै उद्धार

१ माघ २०७९, आईतवार १४:४९
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट दुई जनालाई जीवितै उद्धार गरिएकाे छ। बीबीसी नेपाली सेवाका अनुसार आइतबार बिहान भएकाे दुर्घटनाग्रस्त विमानबाट दुई जनालाई जीवितै उद्धार गरेर अस्पताल पठाइएको छ। तर उनीहरूको अवस्था गम्भीर रहेको छ। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक […]