पाेषण अबस्थालाई सुधार ल्याउन ३९ जना गर्भवती आमालाई ग्रिन हाउसका पाल वितरण

के .बि अछुत १९ असार २०८१, बुधबार ११:३४

जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर ३ का ३९ जना गर्भवती आमाहरुलाई हरियो सागपात उत्पादन गर्न ग्रिन हाउसका पाल वितरण गरिएको छ। गाउँपालिका वडा नम्बर ३ का ३९ जना गर्भवती आमालाई आमा र शिशुको पोषणलाई सुधार गर्न प्रति व्याक्ति एक वटाका दरले ग्रिन हाउसका पाल वितरण गरिएको हो।

हरियो सागपात खाने बानीको विकास गर्नका लागि टनेलपाल उपलब्ध गराइएको वडा सचिव पविता रोकाया/ बुढाले बताउनुभयो । उहाँका अनुसार,एक हजार दिनका आमा र शिशुको पोषणमा सुधार ल्याउने उद्देश्य अनुसार वितरण गरिएको बताउनुभयो । ग्रामीण क्षेत्रका आमाहरु पौष्टिक आहाराको कमीका कारण जोखिममा रहेकाले पोषणमा सुधार ल्याउने कार्यलाई अगाडि बढाइएको वडा सचिव रोकायाकाे भनाइ छ ।

यस्तै गुठिचाैर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष ईन्द्र बुढाका अनुसार गर्भवती र एक हजार दिनका आमाले पाएको टनेलपाललाई अन्य कामका लागि प्रयोग गर्ने गरेको पाइएकोले त्यसो नगरी पोषण परिवर्तनको लागि प्रयोग गर्न सुझाव दिनुभयाे । उहाँका अनुसार  सरकारलाई लगानी गर्न उर्जा थप्ने कामतिर लाग्न पनि उहाँले सुझाव दिनुभयाे ।

उहाँले भन्नुभयो, बजारमा पाइने बनिबनाउ खाना निरुत्साहित गर्दै अर्गानिक खानालाई प्रवर्द्धन गर्नुपर्ने जरुरी छ। वडालाई समृद्ध र सफल बनाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने उहाँले दाबी गर्नुभएको छ । पोषणमा सुधार गर्नका लागी अर्को वर्ष पोषणमैत्री वडा बनाउन  यस्ता कार्यक्रमले निरन्तरता पाउने वडाध्यक्ष बुढाकाे भनाइ छ।

वितरण गरेको टनेलपाललाई असोजको पहिलो हप्ताभित्र करेसाबारीमा हालि सक्नुपर्ने उहाँले बताउनुभयो । वडा अध्यक्ष बुढाका अनुसार अनुगमनको क्रममा आमाहरु पौष्टिक आहारको कमीका कारण जोखिममा रहेकाले पोषणमा सुधार ल्याउने योजनासहित यो कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

गर्भवती आमाहरुलाई पौष्टिक आहारा खानका लागि बारम्बार जनचेतना दिने गरिएको छ। टनेलपाल नदेखिए कारबाहीको दायरामा ल्याइने उहाँले चेतावनी समेत दिनुभयाे । बच्चाको मानसिक विकास २ वर्षको उमेरसम्म ८० प्रतिशतले हुनु पर्ने भएकाले गर्भमा रहेदेखि नै बच्चा जन्मेको २ वर्षभित्र आमा र बच्चा दुवैलाई अत्यन्तै स्याहार गर्नुपर्ने गुठिचौर गाँउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमका सहजकर्ता जगि प्रसाद धितालले बताउनुभयाे ।

जसमा गर्भमा ५० प्रतिशतले र जन्मपश्चात २ वर्षभित्र ३० प्रतिशत गरी २ वर्षभित्र ८० प्रतिशतले बच्चाको मानसिक विकास हुन्छ। यो समय अवधिमा आमाहरुको खानपानसम्बन्धी कुरामा विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए। यो समयमा ‘हरेक बार खाना चार’ भन्ने नारालाई आत्मसाथ गर्दै आमाको खानपानमा विशेष जोड दिन पनि उहाँले आग्रह गर्नुभयो ।

स्वास्थ्य संस्थामा ८ पटकको गर्भ जाँच अनिवार्य गर्नु भनिएको छ। वितरणसँगै गर्भवती आमाहरुलाई पौष्टिक आहारा खानका लागि जनचेतना दिने कार्यसमेत गरिएको छ। अन्न, गेडागुडी, घ्यु तेल माछा मासु र अण्डा, फलफुल सागपात र तरकारी जस्ता खाने कुरालाई प्राथामिकता दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार यस्ता खालका कार्यक्रमले पाेषणमा सुधार ल्याउनुका साथै आयआर्जनमा समेत मदत हुने बताउनुभयो

Next Post

गुठिचाैर १ का किसान धर्मजित बस्नेत पुरस्कृत

१९ असार २०८१, बुधबार ११:३४
जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्वर १ ले उत्कृष्ट किसानलाई सम्मान गरेकाे छ । गुठीचाैर गाउँपालिका वडा नम्बर १ का किसान धर्मजीत बस्नेत लाई सम्मान सँगसँगै पुरस्कृत गरिएको हाे । जुम्लाको गुठिचौर १ का किसान धर्मजीत बस्नेतलाई गुठिचौर गाउँपालिका वडा नम्वर १ ले पुरस्कृत गरेको हो । आज गुठिचौर गाउँपालिकाका अध्यक्ष […]