जुम्लामा रैथाने बालिलाई बढावा दिन, `RERAS` परियाेजनाद्वारा सीप बिकास तालिम

के .बि अछुत १२ असार २०८१, बुधबार ०७:३६

जुम्ला जिल्ला सदरमुकाममा रैथाने बालीलाई बिश्व बजारमा चिनाउन जुम्ला बजारमा जुम्लाका होटल व्यवसायी, दिवा खाजा संचालन गरेका बिद्यालयलाई स्थानीय तथा रैथाने खाद्य परिकार बिकास तालिम सुरू भएको छ । रैथाने बालिका विभिन्न परिकार बनाई स्थानीय रैथाने बालिका प्रचारप्रसार गर्न सीप सीप बिकास तालिम सुरू भएको हाे ।

UNDP  र नर्वे जियन एम्बेस्सीकाे आर्थिक सहयाेगमा संचालित कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा परियाेजनाद्वार संचालित स्थानीय तथा रैथाने खाद्य परिकार बिकास तालिम यसै चन्दननाथ नगरपालिका वडा नम्बर १ जुम्लामा ICIMOD,Li-BIRD, WFP र AEPC काे संयुक्त साझेदारीमा कार्यक्रम संचालन गरिएको छ ।

आइतबार एक कार्यक्रमका बिच रैथाने बालिकाे महत्त्व, र आयआर्जनमा कसरी जाेड्न सकिन्छ भन्ने कुरा तालिम सहभागीलाई जानकारी गराइएको छ । जुम्लाका विभिन्न ठाउँमा हाेटेल गरिरहेका हाेटेल व्यावसायीहरूलाई रैथाने खाद्य बिकास सम्बन्धि तालिमकाे चन्दननाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलक प्रशाद न्याैपानेद्वारा आइतबार उद्घाटन गरिएको हाे ।

पातारासि गाउँपालिका, तातोपानी र चन्दननाथ नगरपालिकाका झण्डै १८ जना हाेटेल ब्यावसायिक दिवाखाजा संचालन गर्ने बिद्यालय र स्थानीय प्रशिक्षक लाई

रैथाने बालीका विभिन्न परिकार बनाउने सम्बन्धि सीप बिकास तालिमकाे आयाेजना गरि सीप प्रदान गर्न लागिएको रिराज परियाेजना अन्तरगत लि-बड जुम्लाका कार्यक्रम संयाेजक गाेबिन्द ढकालले बताउनुभयो ।
कोदो, मार्से, फापर, चिनो, कागुनो लगाएतका रैथाने बालीहरुको परिकार बनाउने सीप प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, जुम्लामा उत्पादन भएका रैथाने बालिकाे संरक्षण सँगै वाह्य बजारकाे पनि ब्याबस्थापन गर्नकाे निमित्त कार्यक्रमले भुमिका खेल्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बाेल्दै चन्दननाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलक प्रसाद न्याैपानेले यस्ता खालका कार्यक्रमले सिपमा पनि बिकास हुनुका साथै रैथाने बालि बिश्व बजारमा चिनिने बताउनुभयो । उहाँका अनुसार अन्य ठाउँकाे खाजा भन्दा अर्गानिक खाजा खाँदा स्वास्थ्यका लागि राम्रो हुने बताउनुभयो ।

जीवनशैलीमा आएको परिवर्तनले रैथाने वालीको संरक्षण गर्न र अर्गानिक कृषि पद्धतिलाई स्थायित्व दिन चुनौतिहरु थपिएको भेरी बताउनुभयो । उहाँका अनुसार रैथाने वालीको परिकार सम्बन्धिको दुई दिने तालिमको समापन कार्यक्रममा बोल्दै न्याैपानेले बताउनुभयो ।

यस्तै माैलिक खाजा घर काठमाडौं बाट जुम्ला प्रशिक्षणका लागि जुम्ला पुग्नु भएका कार्यक्रमका प्रशिक्षक सुमन दाहालले जुम्लाको रैथाने बालिले बिश्व बजार चिनाएकाे बताउनुभयो । उहाँका अनुसार हामिले पनि बाहिरकाे खाना प्रयाेग नगरेर रैथाने बालिकाे बिकासमा लाग्नु पर्ने बताउनु भयाे । कति पय पर्यटक रैथाने बालि भनेर जुम्ला पुग्ने गरेका छन् । जुम्लाको रैथाने बालिकाे बिकास गर्न हाेटेल देखि जुम्लाका सबैकाे उतिक्कै भुमिका रहेकाे बताउनुभयो ।

यस्तै कार्यक्रममा सहभागी हाेटृल पाैवाका सेपले जुम्लामा यस्ताे खालकाे सीप बिकास तालिम पाउन खुसिकाे कुरा भएको बताउनुभयो । उहाँका अनुसार यस्ता खालका तालिमले आगामी दिनमा पनि विभिन्न व्यावसाय गर्ने ब्यावसायिक लाई सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, जुम्लाको सदरमुकाममा तालिम संचालन गरि दिएकाेमा Li-BIRD लाई धन्यवाद दिनुभयो । आगामी दिनमा यस्ता कार्यक्रम संचालन गर्न सुझाव दिनुभयो । कार्यक्रम चन्दननाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलक प्रसाद न्याैपाने, पत्रकार, हाेटेल ब्यावसाहि, बिद्यालयमा दिवाखाजा संचालन गरेका बिद्यालयका प्रतिनिधि लगाएको सहभागीता रहेकाे थियाे ।

 

Next Post

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक

१२ असार २०८१, बुधबार ०७:३६
जुम्ला । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात्  २ लाख ४२ हजार ९२  जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार […]