पूर्वराजा ज्ञानेन्द्रले भने- देश भित्रैबाट समस्याको खाेजियाेस

महेश चाैलागाँई २४ भाद्र २०८२, मंगलवार १३:५८
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देशमा देखिएको समस्याको समाधान देश भित्रैबाट खोज्न आग्रह गरेका छन् ।

नयाँ युवा पुस्ता (जेनजी) हरूको जायज मागलाई सम्बोधन नगरी व्यक्तिको ज्यान लिनु दुखद् एवं निन्दनीय कार्य भएको भन्दै उनले यस्तो बताएका हुन् ।

‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखि बक्सेको छ । हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रबाटै समस्याको समाधान निकालियोस् भन्ने चाहना राखी बक्सेको छ,’ पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

Next Post

मन्त्रीलगायत पार्टीका नेतालाई सेनाले लग्यो सुरक्षित स्थान

२४ भाद्र २०८२, मंगलवार १३:५८
नेपाली सेनाले मन्त्री र प्रदेश प्रमुखहरूलाई सुरक्षित स्थानमा राखेको जनाएको छ। मंगलबार विहानैदेखि आक्रोसि रहेका प्रर्दशनकारीले नेताका घरघरमा आगजनी र तोडफोड गरेपछि मन्त्रीहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको हो। सेनाका एक अधिकारीले नेपालखबरलाई जनाएअनुसार सेनाको सुरक्षामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ। उनीहरूलाई विभिन्न स्थानबाट ओसारिएको सेनाका ती अधिकारीले बताए। यस्तै, केही […]

सम्बन्धित समाचार