सर्लाहीमा सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार

हिमशिखर संवाददाता २ पुष २०७९, शनिबार ०७:३३

सर्लाहीको रामनगर गाउँपालिका–७ मा सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार भएको छ ।

काभ्रे जिल्लामा कार्यरत सशस्त्र प्रहरी  जवान ३२ वर्षीय सुरेश साहमाथि गोली प्रहार भएको हो । घर बिदामा आएका साहलाई गोली हानेको आशङ्कामा प्रहरीले स्थानीय  रामप्रवेश साहलाई  नियन्त्रणमा लिएको छ ।

पाखुरामा एक गोली लागेर घाइते भएका  साहलाई प्रादेशिक अस्पताल मलङ्गवा सामान्य उपचारपछि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता विजय यादवले जानकारी दिनुभयो ।

Next Post

कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि चीनमा पहिलो पटक दुई जनाको मृत्यु

२ पुष २०७९, शनिबार ०७:३३
कोभिड–१९ का कारण राजधानी बेइजिङमा चिनियाँ सरकारी सञ्चारमाध्यमका दुई जना पूर्व पत्रकारहरुको मृत्यु भएको छ। सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको हो। पिपुल्स डेलीका पूर्वरिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा […]