जुम्लाबाट सुर्खेत र नेपालगञ्जतर्फ लैजाँदै गरिएको १८० कार्टुन स्याउ प्रहरीले नियन्त्रणमा

महेश चाैलागाँई १८ श्रावण २०८३, सोमबार १०:१६

जुम्लाबाट सुर्खेत र नेपालगञ्जतर्फ लैजाँदै गरिएको १८० कार्टुन स्याउ प्रहरीले नियन्त्रणमा लिएर परीक्षण गरेको छ। नपाकेको स्याउ जिल्ला बाहिर निकासी नगर्ने स्थानीय निर्णय कार्यान्वयनका क्रममा रारा प्रहरी चौकीले स्याउ रोकेको हो।

कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार परीक्षण गरिएका १५० कार्टुन स्याउमा गुलियोपना १२ प्रतिशतभन्दा बढी पाइएको छ। बजारमा पठाउन कम्तीमा ११ प्रतिशत गुलियोपना आवश्यक मानिने भएकाले ती स्याउ समन्वय गरेर निकासी गर्न दिने निर्णय गरिएको छ।

तर, ९ कार्टुनसहित केही रेड डेलिसियस र रोयल डेलिसियस जातका स्याउमा गुलियोपना ७ देखि ८ प्रतिशत मात्रै भेटिएको छ। मापदण्ड नपुगेका स्याउ भने परिपक्व नहुँदासम्म भण्डारणमा राखिने भएको छ।

कृषि प्राविधिकको सिफारिसबिना स्याउ निकासी रोक्ने तयारीसमेत गरिएको छ। कार्यालयका अनुसार नियन्त्रणमा लिइएको स्याउको परिमाणभन्दा निकै कम देखाएर दुईवटा सिफारिसपत्र बनाइएको पाइएको थियो। १८० कार्टुन स्याउका लागि ६० र ४० कार्टुनको मात्रै सिफारिस भेटिएपछि स्थानीय तहबाट हुने सिफारिस प्रक्रियामाथि प्रश्न उठेको छ।

कृषि विकास कार्यालयले स्याउको वास्तविक उत्पादन र निकासीको तथ्यांक व्यवस्थित बनाउन स्थानीय तह र जनप्रतिनिधिलाई जिम्मेवार भएर सिफारिस गर्न आग्रह गरेको छ।

Next Post

सामाजिक लेखापरीक्षण सेवाका लागि प्रस्ताव आह्वान सम्बन्धि सुचना

१८ श्रावण २०८३, सोमबार १०:१६
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले वल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाहरूको सामाजिक लेखापरीक्षणका लागि योग्य सेवा प्रदायक व्यक्ति/फर्म/संघ–संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। इच्छुक सेवा प्रदायकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र प्रस्ताव पेश गर्नुपर्नेछ। प्रस्ताव हाडकपी वा इमेलमार्फत पेश गर्न सकिनेछ। आवश्यक कागजात: […]