नाक्चे नाङ्ला सीमामा ४० वर्षीय पुरुष काे लेक लागेर मृत्यु

हिमशिखर संवाददाता ५ भाद्र २०८२, बिहीबार १२:२१

कर्णाली प्रदेशको मुगु जिल्ला अन्तर्गत मुगु र चाईना सीमाक्षेत्रमा हिजो एक पुरुष लेक लागेर मृत्तु भएको छ। मृतक मुगु कार्मारोङ गाउँपालिका–२ घर भई हाल जुम्लाको चन्दननाथ नगरपालिका–६ बसोबास गर्दै आएका अन्दाजी ४० वर्षीय साङ्बु लामा रहेका जिल्ला प्रहरी कार्यलय जुम्लाका नायव उपरीक्षक रबिन बाबू रेक्मी ले जानकारी दिएका छन ।

लामा विशेष कामका सिलसिलामा नाक्छे नाङ्ला पुगेका थिए । मृतकलाई स्थानीय बासिन्दा र सुरक्षाकर्मीले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घटनाको प्राथमिक तथ्याङ्कअनुसार लामालाई ‘लेक लागेको’ हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। मुगुको उच्च भेगमा पाइने शारीरिक असजिलो र स्वास–प्रश्वासमा समस्या आउने अवस्थालाई स्थानीय भाषामा ‘लेक लाग्ने’ भनिन्छ।

Next Post

लिपुलेक–कालापानी विषयमा सांसद शाहीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

५ भाद्र २०८२, बिहीबार १२:२१
अंग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाएको नेपालको सिमाना हाम्रो गौरव हो। तर, नेपालको सहमतिविना भारत–चीनबीच भएको सम्झौताले राष्ट्रिय अखण्डतामाथि गम्भीर प्रश्न खडा गरेको छ।” जुम्ला — प्रतिनिधि सभाका सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले लिपुलेक, लिम्पियाधुरा र कालापानीसम्बन्धी विवादमा प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण पत्र बुझाएका छन्। उनले राष्ट्रिय अखण्डता […]

सम्बन्धित समाचार