रामेछापको खाँडादेवीमा बलेरो दुर्घटना, एकको मृत्यु, सात घाइते

हिमशिखर सम्वाददाता काठमाण्डौ १९ चैत्र २०७९, आईतवार ०८:१४

खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा १६ च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिएका छन्। उनका अनुसार सो जिप  सडकबाट  करिब चार सय मिटर तल खसेको थियो।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाैँ जाँदै गरेको थियो। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

Next Post

रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन मागसहित सर्वोच्चमा रिट

१९ चैत्र २०७९, आईतवार ०८:१४
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। लामिछानेकाे राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सिन्धुलीका युवराज पाैडेल (सफल)ले आइतबार दिउँसो सर्वाेच्चमा रिट दिएका हुन्। नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरे पश्चात नेपाली नागरिक कायम […]