जुम्ला मा मानव अधिकार सन्जालकाे समन्वयमा दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न

महेश चाैलागाँई ५ माघ २०८१, शनिबार १९:४९

जुम्लामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सवारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सवारी साधनहरूलाई सुरक्षित रूपमा सञ्चालन गर्न तथा दुर्घटनाबाट जोगिनका लागि सचेतना अभिवृद्धि गर्न आज सदरमुकाम खलंगा बजारस्थित अटो पार्कमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको प्रमुख उद्देश्य सवारी दुर्घटनाका कारण हुने जनधनको क्षतिलाई न्यूनतममा झार्नु तथा चालक, सहचालक र यात्रुहरूलाई सडक सुरक्षा सम्बन्धी जानकारी दिनु रहेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी सहायक निरीक्षक नन्दबहादुर विष्टका अनुसार कार्यक्रम युवा अधिकार तथा मानव रक्षक सञ्जाल जुम्लाको समन्वयमा जिल्ला प्रहरी कार्यालय जुम्लाले आयोजना गरेको हो।

कार्यक्रममा विभिन्न चालक, सहचालक, यात्रु र सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थिय। सहभागीहरूले यस प्रकारका सचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सडक दुर्घटना रोक्न यातायात नियम पालना, नियमित सवारी परीक्षण र गन्तव्यको समयमा सुरक्षित यात्रालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा विशेष रूपमा छलफल गरिएको थियो।

कार्यक्रमले जुम्ला जिल्लामा सवारी दुर्घटना न्यून गर्न थप प्रभावकारी उपायहरूको लागि स्थानीय प्रशासन, यातायात व्यवसायी र समुदायलाई एकजुट गराउन प्रयास गरेको आयोजकको भनाइ छ।

Next Post

सन्दीपमाथि एक खेलको प्रतिबन्ध लगाउने क्यानको तयारी!

५ माघ २०८१, शनिबार १९:४९
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाली टीमका भरपर्दा लेग स्पिनर सन्दीप लामिछानेमाथि क्यानले एक घरेलु खेलमा प्रतिबन्ध लाग्न सक्ने क्यान स्रोतले बताएको छ। त्यस्तै उनलाई डिमेरिट प्वाइन्ट पनि दिइने छ। क्यानले पहिलोपटक आयोजना गरेको रेड बल म्याच जय ट्रफीका क्रममा अम्पायरको निर्यणप्रति सन्दीपले सार्वजनिक असन्तुष्टि व्यक्त गरेका थिए। उनको […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।