दैलेखमा फोर्स गाडी कर्णाली नदीमा खस्यो, खोजी कार्य जारी

हिमशिखर संवाददाता १८ असार २०८३, बिहीबार १३:५६

कर्णाली राजमार्गअन्तर्गत दैलेखको साँगेतडा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ।

दुर्घटनापछि प्रहरी तथा सुरक्षा टोली घटनास्थलमा पुगेर गाडीको खोजी तथा उद्धार कार्य गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार हालसम्म गाडी फेला परेको छैन। दुर्घटनाको कारण, गाडीमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिबारे पनि आधिकारिक विवरण सार्वजनिक भएको छैन।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान तथा खोजी कार्य जारी छ। आधिकारिक विवरण प्राप्त हुनेबित्तिकै थप जानकारी सार्वजनिक गरिनेछ।

Next Post

डाेल्पाकाे जगदुल्लाबाट जुम्ला आउँदै गरेकाे जिप दुर्घटना, एकको मृत्यु

१८ असार २०८३, बिहीबार १३:५६
डोल्पाको जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको जिप आइतबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा केही यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार दिउँसो १ः४० बजे जगदुल्ला गाउँपालिका–४ मा दुर्घटना भएको हो । प्रहरी निरीक्षक […]