भारतमा २४ घण्टामा ७८ हजार ३५७ संक्रमित थपिए

हिमशिखर १८ भाद्र २०७७, बिहीबार ०७:५३

काठमाडौं । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार ३५७ कोरोना संक्रमित थपिएका छन् ।

अघिल्लो २४ घण्टामा ६९ हजार ९२१ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ हजार ३३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४५ संक्रमितको मृत्यु भएको छ ।

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमण हुने र मृत्यु देशको सूचिमा भारत विश्वमा तेस्रो स्थानमा छ । लकडाउन कुखुलो बनाउँदै रेल सेना तथा सार्वजनिक सवारी साधन सञ्चालन तथा पसल र कलकारखाना सञ्चालन हुन थालेपछि

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

Next Post

फेसबुक र इन्स्टाग्राममा समाचार शेयर गर्न नमिल्ने !

१८ भाद्र २०७७, बिहीबार ०७:५३
काठमाडौं । प्रयोगकर्ताले शेयर गर्ने विभिन्न समाचारहरु बापत सम्बन्धित सञ्चार माध्यमलाई शुल्क तिर्नुपर्ने अष्ट्रेलियाको प्रस्तावित नयाँ कानुनप्रति फेसबुकले कडा प्रतिक्रिया जनाएको छ । फेसबुकमा जो कोहीले शेयर गर्ने समाचारबापत सम्बन्धित मिडियालाई फेसबुकले पैसा तिर्नुपर्ने गरी अष्ट्रेलियाले नयाँ कानून निर्माणको तयारी गरेसँगै फेसबुक र गुगल त्यसविरुद्ध उभिएका छन् । त्यस्तो कानून […]