एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत सोमबार वर्षाकाे कारण राेकिएकाे नेपाल र युएईबीचकाे खेल आज पुन: सूचारु हुँदैछ। सोमबार दिउँसो ३ बजेसम्म वर्षा नरोकिएपछि खेल मगंलबारकाे लागि सारिएकाे थियाे।
सोमबार फाइनल खेलमा त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएर खेलिरहेको थियो। तर, वर्षाका कारण खेल प्रभावित भएपछि खेल पुन: आज हुनेछ।
युएईका लागि मोहमद वासीम ८ बलमा ११ रन जोडेर आउट भएका थिए। त्यस्तै, युएईका लागि भृत्य ९ बलमा ८ रन बनाएर आउट भए भने आर्यन लाक्रा २८ बल खेल्दै १३ रन बनाएर आउट भए।
त्यस्तै युएईका लागि रमिज शेहजाद ५ बलमा १ रन बनाएर आउट भए भने रोहन मुस्ताफा १५ बल खेल्दा २ रन बनाएर आउट हुन पुगे।
यता नेपालका लागि सन्दीप लामिछाने, करण केसी र ललित राजवंशीले समान दुई(दुई विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एक(एक विकेट लिए।
त्यस्तै सोमबार ९ विकेटमा रोकिएको खेल आज पुन ९ विकेटबाट नै सुरु हुनेछ। आज पुन: वर्षा भएमा खेल सुपर ओभरमा जानेछ।
यदि सुपर ओभरबाट पनि केही निष्कर्ष आएन भने नेपाल ओडिआई मान्यताका आधारमा एसीसी कपको विजेता बनेछ।