एसियन क्रिकेट काउन्सिल (एसिसि) कपको उपाधि नेपाललाई

हिमशिखर सम्वाददाता काठमाण्डौ १९ बैशाख २०८०, मंगलवार १२:२९

काठमाडौँमा जारी रहेको एसियन क्रिकेट काउन्सिल (एसिसि) कपको उपाधि नेपालले जितेको छ।

मगंलबार त्रिवि क्रिकेटद मैदानमा युएईमाथि ७ विकेटले विजय हुँदै उपाधि हात पारेको हो। सोमबार टस हारेर ब्याटिगको निम्तो पाएको युएईले निर्धारित ३३.१ओभरमा अलआउट भएर ११७ रन बनाएको थियो। युएईका लागि लागि मोहमद वासीम ८ बलमा ११ रन जोडेर आउट भएका थिए। त्यस्तै, युएईका लागि भृत्य ९ बलमा ८ रन बनाएर आउट भए भने आर्यन लाक्रा २८ बल खेल्दै १३ रन बनाएर आउट भए।

त्यस्तै युएईका लागि रमिज शेहजाद ५ बलमा १ रन बनाएर आउट भए भने रोहन मुस्ताफा १५ बल खेल्दा २ रन बनाएर आउट हुन पुगे।

त्यस्तै, युएइका रोहन मुस्ताफाले दुई विकेट लिए भने, आयान खानले उक विकेट लिएका थिए। एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपालले आगामी सेम्प्टेम्बरमा पाकिस्तानमा हुने एसीसी प्रिमियर कप खेल्न मौका जुरेको छ।

त्यस्तै, यता नेपालका लागि गुलशन झाले सर्वाधिक रन बनाए भने, भीम सार्कील रन बनाए। नेपालका ओपनर कुशल ओपनर कुशल भुर्तेल एक रन बनाएर आउट हुँदा, असिफ शेख ८ रन बनाएर आउट हुन पुगे। त्यस्तै, कप्तान रोहित पनि एक रन बनाएर आउट भए।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिदाँ सन्दीप लामिछाने र करण केसीले समान दुई दुई विकेट लिए। यता, सोमपाल कामी र गुलशन झाले एक एक विकेट लिएर नेपालाई सफलता दिलाए।

Next Post

भारतमा गरेको उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा

१९ बैशाख २०८०, मंगलवार १२:२९
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति […]