जुम्लाः जिल्ला परीयोजना सल्लाकार समितिको बैठक सम्पन्न भएको छ । आज बिहान जिल्ला समन्वय समितीमाको सभा हलमा सम्पन्न समितीको बैठकले वल्र्ड भिजन इन्टरनेश्नल नेपालको आर्थीक सहयोगमा सञ्चालित परियोजनाहरुको समिक्षा गरेको थियो । वल्र्ड भिजन संग जुम्लामा कर्णाली दीगो बिकास प्रतिष्ठान कास्डा र कर्णाली एकीकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र, किडाक नेपालले परियोजनाहरु सञ्चालन गरेका थिए ।
कास्डा जुम्लाले विगत ३ वर्ष देखि वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा कृषी तथा आथिक विकाश परीयोजनाससञ्चालन गरेको छ भने किर्डाक नेपालले समुदायको संलग्नतामा बाल स्पोन्सरसीप परियोनजा, विपद् जोखिम व्यवस्थापन परियोजना र शिक्षा परियोजना सञ्चालन गरेको छ
बैठकको अध्यक्षता गरेका जिल्ला समन्वय समितीका का।वा प्रमुख कार्मा बुढाले कास्डा जुम्लाले सञ्चालन गरेको कृषि तथा आर्थीक विकास परियोनाले समुदायमा राम्रो प्रभाव परेको र समुदायको जिवनस्तर उकास्नमा ठुलो टेवा पुराएको भएपनि परियोजनले जिल्ला भरी कार्यक्षेत्र विस्तार गर्न नसकेको बताएका छन । यस्तै किर्डाक नेपालले सञ्चालन गरेको पढाई शिविर कार्यक्रम प्रभावकारी भएको र पढाइ सिविरहरु को विद्यालयमा हस्तान्तण प्रक्रिया अव्यावस्थीत भएकोले बालबालिका ले त्यसलाई अपनत्व महसुस नगरेको बताएका छन
वल्र्ड भिजनको सन २०१८ देखी २०२० सम्मको मोडेलको मोडेल समाप्त भएको र अव सन २०२१ देखी २०२५ सम्मको कार्यक्रमको मोडेलको बारेमा बोल्दै का।बा प्रमुख कार्मा बुढाले वल्र्ड भिजनले अव नयाँ साझेदार सस्था छनोट गर्ने प्रक्रिया सुरु गरेको हुदा सम्बन्धीत क्षेत्रको अनुभव भएका साझेदार सस्थालाई नै छनोट गरको खण्डमा राम्रो प्रतिफल आउने र नया र अनुभव नभएका सस्था छनोट भएमा राम्रो प्रतिफल नदिने भएकाले वल्र्ड भिजनले साझेदार छनोटमा विचार गर्नुपर्ने बताएका छन ।
यही सेप्टेम्बर ३१ मा कास्डा र किर्डाक नेपालको वल्र्ड भिजनसंगको साझेदारी अवधी सकिदै छ ।