विकास गर्नकाे लागि सार्वजनिक पद आवश्यक पर्दैन भन्ने उदाहरण लेकवेसी नपा वडानं ३ का युवा नेता तिल प्रसाद पाण्डे हुन ।
उनकाे पहलमा वडामा थुप्रै विकास निर्माण भएका छन । ताताेपनि ०४ जुम्ला जन्म स्थान भएपनि कर्म स्थान सुर्खेतको लेकवेशि ३ लाई राेजेका पाण्डेकाे पहलमा गएकाे आर्थिक बर्षमा उनकाे वडामा झण्डै २९ लाखकाे सहित पार्ककाे डिपिआर र एक काेरड लागतकाे हाईटेक नर्सरीकाे निर्माण सम्पन्न भयाे ।
त्यस्तै उनकाे पहलमा माेटरबाटाे , सिचाई कुलाे , सिचाइ पाेखरी लगाएतका थुप्रै आय आर्जनका कामहरू भएका छन ।
अघिल्लो आर्थिक बर्षमा कर्णाली प्रदेश सरकार भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपंक्षी विकास निर्देशनालय सुर्खेतको १० लाख लगानी तथा लक्षित वर्ग अर्गानिक कृषि प्रवर्धन कार्यक्रम सञ्चालन उपभोक्ता समिति लेकवेशी–३, सुर्खेतको १५ प्रतिशत लगानीमा मंगलबार लेकवेशी–३ मा ५३ घरधुरिलाई प्रति घर २ वटाका बाख्राका दरले १०६ वटा बाख्रा वितरण गर्नुका साथै शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको आयोजना तथा जनसेवा सामुदायीक सिकाई केन्द्र लेकवेशी–४, दशरथपुरको समन्वयमा सञ्चालन भएको ४५ दिने कटाई सिलाई तालिम मार्फत महिलाकाे आयआर्जन सुधारमा सहयाेग पुर्याउनमा पनि पाण्डेकाे महत्त्वपूर्ण याेगदान रहेकाे थियाे ।
त्यस्तै अधिल्लाे बर्षमा प्रदेस सरकार र नकपा माआेवादी केन्द्र जिल्ला समितिकाे सहयाेगमा पाण्डेले ३ कराेड बराबरकाे याेजना वडामा भित्रिएका थिए।
सानै देखि राजनितिमा रुचि राख्ने पाण्डे हाल माआेवादी केन्द्रका लेकवेसी नपा वडा नं ३ का वडा अध्यक्षकाे जिम्मेवारीमा छन ।
उनी पुर्वजनमुक्ती सनाबाट स्वईच्छिक अवकास लिएर पुणकालिन राजनितिमा आएका हुन ।
जनमुक्ति सेनाकाे छैठौं डिभिजन कार्यालय दशरथपुरमा करिब ५ बर्ष बिताएपछि यतैका स्थानिय बनेका पण्डे कुनै लाभकाे पद नलिएर पनि आफ्नाे ठाउकाे विकास निर्माण गर्न सकिन्छ भन्ने मान्यठ दृढ छन ।