बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

हिमशिखर सम्वाददाता काठमाण्डौ १३ पुष २०८०, शुक्रबार १९:३५

नाबालिग  गौशाला २६ बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने अन्तत: बलात्कारी प्रमाणित भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनी बलात्कारी भएको फैसला गरेको हो।

फैसलाअनुसार बलात्कारी लामिछाने तीन वर्षभन्दा बढी जेल जानेछन् ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले पुस २५ गते सुनुवाइ गरेर न्यायाधीश ढकालले नै लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछन् ।

Next Post

जुम्लाकाे तिला गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा औषधि अभाव

१३ पुष २०८०, शुक्रबार १९:३५
जुम्लाको तिला गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको छ । गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा औषधि अभाव भएको स्वास्थ्य चौकी इन्चार्ज कमल रावतले जानकारी दिए । नेपाल सरकारले तोकेका प्रायजसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधि अभाव भएकोबारे स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको […]