हिमा गाउँपालिका पूर्वअध्यक्ष रजबहादुर शाहीको निधन थप सामग्री

महेश चाैलागाँई १५ बैशाख २०८०, शुक्रबार १९:११

जुम्लाको हिमा गाउँपालिका पूर्व अध्यक्ष रजबहादुर शाहीको निधन भएको छ ।

उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा शुक्रबार विहान निधन भएको हो । हिमा गाउँपालिका – ६ महावैपाथरखोला निवासी शाहीले पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

उहाँले एमालेका भैबहादुर रोकायालाई पराजित गर्दै हिमा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र पार्टीबाट निर्वाचित हुनु भएको थियो ।

नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश कमिटि सदस्य जनक परियारका अनुसार उपचारको क्रममा नेपालगज्जस्थित कोहलपुर अस्पतालमा निधन भएको हो । दुई साताअघि पार्टीकै कार्यक्रममा सक्रिय रहेका माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य नेता शाही विरामी भएपछि अस्पतालमा भर्ना हुनु भएको थियो ।

नेता शाहीको कोहलपुर अस्पतालमा निधन भएपनि जुम्ला ल्याएर दाहस्कार गर्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र पार्टीले जनाएको छ ।

 

Next Post

रास्वपाका उपसभापति अर्यालले दिए संसदीय दलको नेताबाट राजीनामा

१५ बैशाख २०८०, शुक्रबार १९:११
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। सभापति रवि लामिछाने उपनिर्वाचनबाट पुन: निर्वाचित भएपछि उनले उपनेता विराजभक्त श्रेष्ठसमक्ष शनिबार राजीनामा पत्र बुझाएका हुन्। ‘आजकै मितिदेखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु। मेरो कार्यकालमा सहकर्मी माननीयहरूले दिनुभएको साथ […]

सम्बन्धित समाचार