पनेलाखोलामा बगेर एक महिला बेपत्ता

महेश चाैलागाँई ११ असार २०८०, सोमबार १०:५६

जुम्ला गुठीचौर गाउँपालिका २ स्थित पनेलाखोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । आइतबार साँझ खोलामा बगेर गुठीचौर-२ की ४६ वर्षीया सरस्वती बुढा बेपत्ता भएकी हुन् ।

बेपत्ता भएकी बुढा घट्ट पिस्न गएकी थिइन् । उनीसँगै २ वटा घट्टसमेत खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घटनास्थलमा अस्थायी प्रहरी पोस्टबाट हवल्दार टेकेन्द्र खाणको नेतृत्वमा २ जनाको टोली खटिएको छ । खोला बढेकाले उच्च सतर्कता अपनाउन तिला नदी आसपासका बस्तीलाई गुठीचौर गाउँपालिकाले आग्रह गरेको छ

 

 

Next Post

मलेसियामा जुम्लाका एक युवककाे शव अलपत्र, नेपाल ल्याउन पहल गरिदिन सरकारसँग अनुरोध

११ असार २०८०, सोमबार १०:५६
जुम्लाको हिमा गाउँपालिका–१ देवारगाउँका एक युवककाे शव मलेसियामा अलपत्र परेकाे छ। वैदेशिक राेजगारीकाे सिलसिलामा मलेसिया गएका रातो दमाईका छोरा मयालाल परियारको शव मलेसियामा अलपत्र परेको हो। अन्दाजी ३२ वर्षीय उनी २०७० साल साउन १९ गते नेपालबाट मलेसिया उडेका थिए। उनको मृत्युबारे ९ गते मात्रै थाहा भएको मलेसियामा बस्दै आएका उनकै […]