मलेसियामा जुम्लाका एक युवककाे शव अलपत्र, नेपाल ल्याउन पहल गरिदिन सरकारसँग अनुरोध

महेश चाैलागाँई ११ असार २०८०, सोमबार १६:५५

जुम्लाको हिमा गाउँपालिका–१ देवारगाउँका एक युवककाे शव मलेसियामा अलपत्र परेकाे छ। वैदेशिक राेजगारीकाे सिलसिलामा मलेसिया गएका रातो दमाईका छोरा मयालाल परियारको शव मलेसियामा अलपत्र परेको हो।

अन्दाजी ३२ वर्षीय उनी २०७० साल साउन १९ गते नेपालबाट मलेसिया उडेका थिए। उनको मृत्युबारे ९ गते मात्रै थाहा भएको मलेसियामा बस्दै आएका उनकै गाउँले मृगेन्द्रकुमार शाहीले जानकारी दिए।

शाहीका अनुसार उनी दिनमा सुरक्षा गार्डको रूपमा काम गर्ने भएकाले डिउटीमा गएका थिए। ‘राति कोठाभित्र उनको मृत्यु भएको रहेछ,’ उनले भने, ‘हामीले भोलिपल्ट मात्रै थाहा पाएका हाैं।’

हाल मृतकको शव मलेसियाको क्वालालम्पुरस्थित अस्पतालमा रहेको छ। उनको मृत्यु भएको ३ दिन भइसकेको छ। उनको शव नेपाल ल्याउनेबारे कुनै निकायले पहल गरेको देखिएको छैन।

अहिले दमाईकाे शव प्रहरीको सुरक्षामा रहेको शाहीले बताए। शव नेपाल ल्याउन सरकारसमक्ष पहल गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध भएपनि कतैबाट काम नभएकाे आफन्तले बताएका छन्।

Next Post

जुम्लामा धान गोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु,४ जना घाइते

११ असार २०८०, सोमबार १६:५५
जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सुमलगाउँ निवासी अन्दाजी १७ वर्षीय प्रर्मिला परियार रहेकाे  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता तथा सूचना अधिकारी धर्मराज जोशीले बताए। […]