चितवन अदालत उपस्थित भए रवि, आजैदेखि बयान हुने

महेश चाैलागाँई २३ माघ २०८१, बुधबार १०:२८

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  चितवन जिल्ला अदालत उपस्थित भएका छन्।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी बुधबार अदालतमा उपस्थित भएका हुन्।

रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ।

अदालतमा आजैदेखि उनको बयान सुरू हुने बताइएकाे छ।

Next Post

रवि बयान दिन जाँदा सर्वोच्चको सर्भर डाउन

२३ माघ २०८१, बुधबार १०:२८
साहारा चितवन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा बयान सुरु भएको छ। न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान करिब एकघण्टा ढिलो सुरु भएको हो। अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको सर्भर डाउन हुँदा रविको बयानमा ढिलाइ भएको हो। लामिछाने अदालत खुल्ने समयभन्दा अगाडि नै उपस्थित भइसकेका […]