रवि बयान दिन जाँदा सर्वोच्चको सर्भर डाउन

महेश चाैलागाँई २३ माघ २०८१, बुधबार १२:५३

साहारा चितवन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा बयान सुरु भएको छ।

न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान करिब एकघण्टा ढिलो सुरु भएको हो। अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको सर्भर डाउन हुँदा रविको बयानमा ढिलाइ भएको हो।

लामिछाने अदालत खुल्ने समयभन्दा अगाडि नै उपस्थित भइसकेका थिए। साढे ९ बजे नै अदालत पुगेका लामिछानेको बयान भने पौने १२ बजेबाट सुरु भएको हो।

रविको बयानपछि थुनछेक बहस हुनेछ। रास्वपा चितवन स्रोतका अनुसार आजै बयान सकेर थुनछेक बहस गर्ने तयारी छ। त्यसपछि इजलासले उनलाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्नेमध्ये एक आदेश दिनेछ ।

लामिछानेसहित २१ व्यक्ति र संस्थाविरुद्ध मंगलबार मुद्दा दर्ता भएको थियो।

Next Post

जनयुद्ध दिवसको अवसरमा जुम्लाका तिला र सिजां गाउँपालीका मा बिदा

२३ माघ २०८१, बुधबार १२:५३
जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई स्थानीय तहले विदा दिएका छन्। सिंजा गाउँपालिका र तिला गाउँपालिकाले छुट्टाछुट्टै निर्णय गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीद्वारा जारी सूचनामा पालिकाको निर्णयअनुसार कार्यालय तथा मातहतका निकायहरूमा विदा दिइएको उल्लेख गरिएको छ। त्यस्तै, तिला […]