नीति तथा कार्यक्रम पारित

हिमशिखर सम्वाददाता काठमाण्डौ ५ जेष्ठ २०८०, शुक्रबार १४:१३

मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्। बैठक ४ बजेका लागि बोलाइएको छ।

Next Post

रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने

५ जेष्ठ २०८०, शुक्रबार १४:१३
सरकारले रेडियो नपाल र नेपाल टेलिभिजनलाई गाभ्ने नीति लिएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने बताएका हुन्। ‘सार्वजनिक प्रसारकको स्थापना गरी यसै आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई […]

सम्बन्धित समाचार