रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने

हिमशिखर सम्वाददाता काठमाण्डौ ५ जेष्ठ २०८०, शुक्रबार १७:५०

सरकारले रेडियो नपाल र नेपाल टेलिभिजनलाई गाभ्ने नीति लिएको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने बताएका हुन्।

‘सार्वजनिक प्रसारकको स्थापना गरी यसै आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर एकीकृत सार्वजनिक प्रशारण संस्थाको रुपमा बनाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

Next Post

आगामी दुई वर्षमा देशभित्रै पाँच लाखलाई रोजगार दिने सरकारको दाबी

५ जेष्ठ २०८०, शुक्रबार १७:५०
सरकारले आगामी दुई वर्षमा देशभित्रै पाँच लाख युवालाई रोजगार दिने दाबी गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो दाबी गरेका हुन्। पौडेलले भने, ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार अभियान अन्तर्गत आगामी दुई वर्षभित्र थप आन्तरिक रोजगारी […]