जुम्लामा गाडीले ठक्कर, बालक गम्भीर घाइते

महेश चाैलागाँई ५ आश्विन २०८२, आईतवार १८:०५

जुम्ला जुम्ला सदरमुकामबाट गुठिचौर गाउँपालिका–३ गज्याङकोटतर्फ जाँदै गरेको गाडीले वर्ष ६ का मुकेश बुढालाई ठक्कर दिएको छ। ठक्कर दिने चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीले जानकारी दिए।

उनका अनुसार, घटना भएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र चालकको खोजी कार्य भइरहेको छ। ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

५ आश्विन २०८२, आईतवार १८:०५
ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रमुख खरेलले सञ्चार माध्यममा २५ वर्ष भन्दा लामो समयसम्म काम गरेको लामो अनुभव समेत रहेको छ । उहाँले ईमेज टेलिभिजनमा समाचार वाचनका साथै हटसीट […]