नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो ।
उनी मुगुबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् । जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा २४ माघमा बानियाँविरुद्ध दिएको उजुरी २७ माघमा दर्ता भएको थियो ।
सोही उजुरीको आधारमा उनीमाथि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए ।