नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । कर्णाली क्षेत्र र नेपालभरी पाईने महत्वपूर्ण कितावहरु राख्ने उद्देश्यले महासंघ भित्रै पुस्तकालय स्थापना गरिएको हो । यस पुस्तकालयमा आम सञ्चार सम्वन्धी पुस्तक बढी मात्रमा राखिएको छ ।
पत्रकार महासंघ शाखा जुम्लाको पहलमा कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको सहयोगमा ९२ वटा पुस्तक पहिलो चरणमा चन्दननाथ नगरपालिका मार्फत खरिद गरिएको हो । महासंघमा अन्य व्यक्ति र संघ संस्थाले उपलब्ध गराएका गरि करिब एक सय बढि पुस्तकबाट महासंघमै पुस्तकालयको सुरुवात गरिएको अध्यक्ष नेत्रबहादुर शाहीले बताए । उनले भने कर्णाली लेखकहरुका आवश्यक पुस्तकहरु यस पुस्तकालयमा राखिने छ ।
तीन हजार पुस्तक पुयाउने लक्ष्य
महासंघले अवको ३ बर्षमा तीन हजार पुस्तक राख्ने अभियान अगाडि सारेको छ । महासंघ शाखा जुम्लाको सचिवालय वैठकले गरेको निर्णय अनुसार आगामी ३ बर्षमा ३ हजार पुस्तक पुरयाईने लक्ष्य राखेको हो । यस अभियानका लागि हरेक बर्ष एक हजार पुस्तक भित्याउने अभियान अन्तरगत केही नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोग तथा लेखक तथा सहयोगी महानुभावबाट किताव संकलन अभियान शुरु गरिने छ । महासंघमा दस्ताबेजीकरणका लागि किताब राख्ने महानुभावले प्रत्यक्ष सम्र्पक गर्न सकिने छ ।
महासंघको पुस्तकालयमा कर्णालीका लेखक तथा पत्रकार रत्नाकर देवकोटाको बहृत जुम्ला राज्यको ईतिहास, डोरवहादुर बिष्टको भाग्यवाद र विकास आधुनिकीकरण, ग्रीष्मबहादुर नेपालको छापाखाना र पत्रपत्रिकाको ईतिहास, भानुभक्त आचार्यको आम सञ्चार र पत्रकारिता अध्ययन पुस्तक छन् ।
रघु मैनालीको रेडियो पद्धति, टोनी हेगनको नेपालमा खोज यात्रा, सत्यमोहन जोशी, स्थिर जंगबहादुर सिंह, विहारीकृष्ण श्रेष्ठ, चुडामणि वन्धु, प्रदिप खनालका कर्णाली लोकसस्कृति सहितका खस सभ्यता र पत्रकारिता क्षेत्रका, स्थानीय लेखकका महत्वपूर्ण केही किताबहरु राखेर महासंघमा पुस्तकालय शुरु गरिएको अध्यक्ष शाहीले बताए ।
संचार माध्यामको पनि रेकर्ड राखिने
नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जुम्लामा स्थापित तथा सञ्चालित विद्युतीय तथा छापा स्थानीय संचार माध्यामको रेकर्ड राख्ने भएको छ । त्यसका लागि सार्वजनिक सूचना आव्ह्रान समेत गरिने भएको हो । जुम्लामा दर्ता भएका पत्रपत्रिकाको सक्कल कपी महासंघको पुस्तकालयमा अभिलेख गरिने छ । महासंघका अध्यक्ष शाहीले ईतिहास मेटिदै जाने भएकाले पत्रपत्रिकाको रेकर्ड पत्रकार महासंघमा राखिने बताए ।