तिला नदिमा बेपत्ता शाहीकाे शव फेला

महेश चाैलागाँई ४ फाल्गुन २०८१, आईतवार २२:२९

माछा मार्ने क्रममा तिला नदीमा शनिबारदेखि बेपत्ता भएका तिलागुफा–४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ। प्रहरीका अनुसार घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले आज बिहानैबाट खोजी सुरु भएको र दिउँसो १ बजे शव भेटिएको बताए ।

२४ वर्षीय शाहीले शुक्रबार बेलुकी माछा मार्न झरेउला (पासो) थापेका थिए । स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही शनिबार विहान झरेउला निकाल्न तिला नदीमा पुगेका बेला चिप्लिएर नदीमा खसेका थिए ।

Next Post

एमसीसी परियोजना स्थगित

४ फाल्गुन २०८१, आईतवार २२:२९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले अन्ततः नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यक्रम प्रभावित भएको छ । नेपालमा अमेरिकाको एक मुख्य सहयोग कार्यक्रम एमसीसी अहिलेका लागि स्थगन गरिएको अर्थमन्त्रालयका प्रवक्ता एवं सहसचिव श्यामप्रसाद भण्डारीले बताएका छन्। मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीले आफ्नो कार्यक्रम स्थगनबारे मन्त्रालयका अधिकारीलाई इमेलबाट जानकारी दिएकाले मन्त्रालयले स्थगनको निर्णय गरेको […]