बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

हिमशिखर सम्वाददाता काठमाण्डौ १५ असार २०८०, शुक्रबार १७:०१

सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ।

टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए।

चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा शवपरीक्षणका लागि ल्याइएको उनले बताए।

फेला परेको शव पाँचखपन नगरपालिका–७ का ३३ वर्षीय भुवनसिं तामाङकी श्रीमतीले आफन्तको भएको जिकिर गरे पनि पुष्टि हुन सकेको छैन। बाढी पहिरामा परेका अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ।

बाढी पहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन्। बाढी पहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन्।

Next Post

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाकाे ज्यान गयो

१५ असार २०८०, शुक्रबार १७:०१
भारतको महाराष्ट्रमा एक निजी बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । सागपुरदेखि समृद्धि राजमार्ग हुँदै पुणे गइरहेको २९ बीई १८१९ नम्बरको ट्राभल एजेन्सीको बस आज बिहान दुर्घटना भएको हो । बुलढाणा भन्ने ठाउँमा टायर फड्किँदा बस अनियन्त्रित भएर बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ । बुलढाणाका प्रहरी […]