रवि लामिछाने कार्यकर्तासहित नाराबाजी गर्दै मतदान केन्द्रमा प्रवेश गरेपछि आक्रमण प्रयास

हिमशिखर सम्वाददाता काठमाण्डौ १० बैशाख २०८०, आईतवार १२:३३

चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालयको मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्यकर्तासहित नाराबाजी गर्दै प्रवेश गरेपछि तनाव उत्पन्न भएको छ।

मतदान केन्द्रमा लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए। दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भीड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ।

विवादका क्रममा एमाले र रास्वपाका केही कार्यकर्ता पक्राउ गरेका छन्।

लामिछाने सोही (चितवन– २) निर्वाचन क्षेत्रका उम्मेदवार हुन्।

Next Post

कृर्षी विकास कार्यालय जुम्लाको सुचना

१० बैशाख २०८०, आईतवार १२:३३