सन्दीपमाथि एक खेलको प्रतिबन्ध लगाउने क्यानको तयारी!

हिमशिखर संवाददाता ८ माघ २०८१, मंगलवार १४:३८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाली टीमका भरपर्दा लेग स्पिनर सन्दीप लामिछानेमाथि क्यानले एक घरेलु खेलमा प्रतिबन्ध लाग्न सक्ने क्यान स्रोतले बताएको छ। त्यस्तै उनलाई डिमेरिट प्वाइन्ट पनि दिइने छ।

क्यानले पहिलोपटक आयोजना गरेको रेड बल म्याच जय ट्रफीका क्रममा अम्पायरको निर्यणप्रति सन्दीपले सार्वजनिक असन्तुष्टि व्यक्त गरेका थिए। उनको हर्कत खेलाडी आचारसंहिता विपरित भएको भन्दै अहिले नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई स्पष्टिकरण सोधेको छ।

एक साताको समय दिइएको स्पष्टिकरणमा सन्दीपले जवाफ ढिला गरी पठाएका छन्। जवाफ पठाउनुको साटो उनले क्यानप्रति असन्तुष्टि जनाउँदै सन्न्यासको धम्की दिएर ब्ल्याकमेलिङमा लागेको क्यान स्रोतको आरोप छ।

क्यान स्रोत भन्छ, ‘अम्पायरको निर्णय चित्त नबुझेमा गुनासो गर्ने निकाय हुँदाहुँदै सार्वजनिक टिप्पणी गर्नु खेलाडीको आचारसंहिता होइन। उहाँ जत्तिको खेलाडीले नै नियम पालना नगर्ने हो भने अराजकता बढ्छ। उहाँको जवाफ आएको छ। के कारबाही गर्ने भन्ने निर्णय हुन्छ।’

क्रिकेट खेलाडी आचारसंहितामा अम्पायरको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएमा एक म्याचको प्रतिबन्ध लाग्ने व्यवस्था छ। उनले घरेलु खेलमा आचारसंहिता उल्लंघन गरेकोले उनीमाथि घरेलु खेलमै प्रतिबन्ध लाग्ने स्रोतले बतायो।

Next Post

विपद जाेखिम न्युनिकरण गर्न चन्दनाथ -१० मा समुदाय स्तरीय विपद मेला सम्पन्न

८ माघ २०८१, मंगलवार १४:३८
नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाकाे आयाेजनामा चन्दननाथ नगरपालिकाकाे -१० मा समुदाय स्तरीय बिपद मेला कार्यक्रम गरिएकाे छ । घरमा हुने बिपद बाट कसरी बच्न सकिन्छ र बिपद बाट हुने हानी नाेक्सानीलाई नियन्त्रण गर्न समुदाय स्तरीय बिपद मेलाकाे आयाेजनाकाे कार्यक्रम गरिएको हाे । घरमा प्रयाेग हुने ग्यास हिटरकाे प्रयाेग गर्दा […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।