बैठकमा फरक मत राख्न भिम रावललाई लेखराज भट्टकाे चेतावनी

हिमशिखर संवाददाता २३ कार्तिक २०७८, मंगलवार २३:०२

एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभई समितिको बैठकमा मत राख्न चेतावनी दिएका छन्।

एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौटंकी नदेखाउन चेतावनी दिए।

मंगलबार बिहान रावलले ट्विट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएको सन्दर्भलाई इंगित गर्दै भट्टले आफ्नाे मत व्यक्त गर्ने, कमिटी प्रणाली छ, संगठनात्मक कमिटी प्रणालीबाट हामीले हरेक समस्या, विचार, भिन्न मतलाई छलफल र समाधान गर्दै आएका छौँ, त्यसैले  कसैलाई चित्त बुझेन भने पाटीकाे बैठकमा छलफल गर्ने हाे सामाजिक सञ्जालमा हाेईन

मैले भनेको हुनुपर्छ नत्र म आउँदिनँ भन्ने, उपस्थित हुन्न भन्ने, राजीनामा दिन्छु भन्ने, यी खालका अभिव्यक्ति आउँछन्, पार्टी, मविना हुँदैन भन्ने चिन्तन जुन छ, यो चिन्तन गलत भएकाे बताए ।

Next Post

एमाले महाधिवेशनबाट निर्विकल्प अध्यक्षमा दोहोरिने ओलीको तयारीलाई भीम रावलको अवरोध

२३ कार्तिक २०७८, मंगलवार २३:०२
चितवनमा हुने दशौँ महाधिवेशन (१०–१२ मंसिर)बाट निर्विकल्प अध्यक्षमा दोहोरिने एमाले अध्यक्ष केपी ओलीको तयारीलाई उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेर चुनौती दिएका छन् । एमाले देशभर महाधिवेशन प्रतिनिधि छनोटको अन्तिम तयारीमा जुटिरहेका वेला उपाध्यक्ष रावलले गृहजिल्ला अछाम पुगेर मंगलबार अध्यक्षको दाबेदारी घोषणा गरेका छन् । शक्ति बाँडफाँडमा नाटकीय सहमति नभए […]