कोरिया जान नपाएको झोकमा युवाहरूले जलाए मन्त्रीको गाडी

हिमशिखर सम्वाददाता काठमाण्डौ १३ पुष २०८०, शुक्रबार १३:३१

ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएकाे छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले शुक्रबार बा २ झ ५८६१ नम्बरको मन्त्रीकाे गाडीमा आगजनी गरेका हुन्।

प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी  गरेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर उनीहरूले गाडीमा आगो लगाएका हुन्।

Next Post

जुम्लाकाे काँग्रेस महासमिति सदस्य निर्वाचन खारेजीको माग गर्दै उच्च अदालतमा रिट दायर

१३ पुष २०८०, शुक्रबार १३:३१
जुम्लामा भएकाे कांग्रेस महासमिति सदस्य निर्वाचन खारेजको माग गर्दै उच्च अदालत जुम्ला इजलासमा रिट दायर भएको छ। अवैधानिक महासमिति सदस्य निर्वाचन खारेजको माग गर्दै रिट दायर गरिएको महाधिवेशन प्रतिनिधि गोबिन्द बहादुर शाहीले बताए। उनले भने, ‘यो विषयमा केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छौँ।’ उनीहरुले अधिवक्ता विकाश शाही अधिकृत भएको […]