जुम्ला मा एक युवक मृत अवस्थामा भेटिए

महेश चाैलागाँई १९ फाल्गुन २०८०, शनिबार १०:१६

जुम्लामा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। शुक्रबार बिहान साढे १२ बजेतिर मृत भेटिएका थिए।

मृतक जुम्लाको चन्दननाथ नगरपालिका-८ श्रीढुस्का गाउँका ४५ वर्षका कलबहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय जुम्ला सूचना अधिकारी उमेश चन्दले बताए।

प्रहरीका अनुसार डागी १२ दिनदेखि घरबाट बेपत्ता थिए। उनको कम्मरभन्दा तलको भाग स्याल खाइसकेको छ।

उनी चन्दननाथ नगरपालिका-९ धरालवाडामा मृत भेटिएका थिए। उनको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

Next Post

जुम्लाकाे जालपादेवी हाइड्रोका अप्रेटरको करेन्ट लागेर मृत्यु

१९ फाल्गुन २०८०, शनिबार १०:१६
जुम्लाकाे तातोपानी गाउँपालिका -४ मा करेन्ट लागेर एकजनाको निधन भएकाे छ। बुधबार दिउँसाे विद्युुतकाे करेन्ट लागेर सोही वडाका अन्दाजी ३६ वर्षीय कालीप्रसाद उपाध्यायकाे निधन भएकाे हाे। मृत्यु भएका उपाध्याय जाल्पादेवी विद्युत आयाेजनाका अपरेटर हुन्। मृतक विद्युतकाे ट्रान्सफर्मरमा झुण्डिएकाे अवस्था भेटिएका थिए। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिदै गर्दा […]