जुम्लाकाे जालपादेवी हाइड्रोका अप्रेटरको करेन्ट लागेर मृत्यु

महेश चाैलागाँई १ चैत्र २०८०, बिहीबार ०५:३२

जुम्लाकाे तातोपानी गाउँपालिका -४ मा करेन्ट लागेर एकजनाको निधन भएकाे छ। बुधबार दिउँसाे विद्युुतकाे करेन्ट लागेर सोही वडाका अन्दाजी ३६ वर्षीय कालीप्रसाद उपाध्यायकाे निधन भएकाे हाे।

मृत्यु भएका उपाध्याय जाल्पादेवी विद्युत आयाेजनाका अपरेटर हुन्। मृतक विद्युतकाे ट्रान्सफर्मरमा झुण्डिएकाे अवस्था भेटिएका थिए।

उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिदै गर्दा बाटाेमै मृत्यु भएकाे ताताेपानी गाउँपालिका वडा नं -४ का वडाअध्यक्ष अमरबहादुर राेकायाले बताए।

राेकायाले पर्थेनी घट्टेगाढ स्थित ७५ केभीकाे ट्रासफर्मरमा चढेर करिब ६:४५ बजेतिर विद्युत बनाउने क्रममा करेन्ट लागेकाे बताए।

Next Post

भाेजपुरमा आगालागी हुँदा एकै परिवारका तीन बालबालिकाकाे मृत्यु

१ चैत्र २०८०, बिहीबार ०५:३२
भाेजपुरकाे हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागी हुँदा एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे छ। आगालागीबाट एकै परिवारका ७ वर्षीया छाेरी, ६ र ३ वर्षीय छाेराहरुकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ। मृत्यु हुने बालबालिकाकाे नाम भने खुल्न सकेकाे छैन।